दफा ८०
घटी अदालती शुल्क लिए वा बुझाए बापत जरिबाना हुने

(१) कसैले घटी अदालती शुल्क बुझाउने मनसायले मूल्य वा बिगो घटाएको छ भन्ने लागेमा सरोकारवाला पक्षले मुद्दारहेकोअदालतमा उजुरी दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त भएको उजुरी जाँचबुझ गर्दा वा त्यसरी उजुरी प्राप्त नभए पनि अदालतबाटै मिसिलजाँचबुझगर्दा घटी अदालती शुल्क दाखिला गराउने मनसायले मूल्य वा बिगो घटाएको देखिएमा अदालतले त्यस्तो पक्षलाई घटाएकोअदालती शुल्कको पन्ध्र प्रतिशत जरिबाना गरी नपुग अदालती शुल्क दाखिला गर्न लगाउनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम परेको उजुरी जाँचबुझ गर्दा झुट्टा ठहरेमा त्यस्तो उजुरीकर्तालाई निजले नपुग अदालती शुल्कभनीदाबी लिएको अङ्कको पाँच प्रतिशत जरिबाना हुनेछ ।
(४) अदालतको कर्मचारीले जानीजानी लिनु पर्नेभन्दा कम अदालती शुल्क लिएको कुरा कसैको उजुरी परी वा अन्य कुनैतवरबाटदेखिएमा निज उपर कानून बमोजिम विभागीय कारबाही हुनेछ ।
(५) उपदफा (४) बमोजिम घटी अदालती शुल्क लिएको मुद्दाको अन्तिम पैmसला भइसकेको वा त्यस्तो मुद्दामा पुनरावेदनगर्नेम्याद समाप्त भइसकेको रहेछ र त्यस्तो अदालती शुल्क सम्बन्धित पक्षबाट असुल उपर हुन नसकेमा त्यस्तो अदालतीशुल्कको बिगो त्यसरी कम लिने कर्मचारीबाट असुल गरिनेछ ।